ट्रेन्डीङ्ग

सुनवलमा छैठौं मेयर कप फुटबल प्रतियोगिता सुरु,पहिलो खेलमा वडा नम्बर ५ विजयी

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा छैठौं मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। 

सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता तथा छैटौं मेयर कप उपभोक्ता समितिका अध्यक्ष जित बहादुर पुनको अध्यक्षमा सुनवल नपा – १० गैडाखालमा आज शनिबार जेठ ६ गतेदेखि सुरु भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख बिमला अर्यालले सुनवल नगर भित्रका खेलाडीहरु प्रदेश स्तरीय खेलमा पनि उत्कृष्ट भइ आएको धन्यवाद दिदै निकट भविष्यमा सम्मान गर्ने बताउदै नगरका प्रत्येक वडामा वडा अध्यक्ष फुटबलको लागि बजेट बिनियोजन गरि प्रतियोगितालाई निरन्तर दिने प्रतिबद्धता व्यक्त गरिन।

खेल संयोजक एवं वडा नम्बर १० का वडा अध्यक्ष दिल बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा जिल्ला फुटबल संघका उपाध्यक्ष एवं सुनवल उधोग बाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्यले मेयर कपमा उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति सहितको अध्ययनको व्यवस्था मिलाउन साथै अहिलेका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा पनि सहभागी हुन योग रहेको त्यस्ता प्रतियोगितामा सहभागी गराउन नगर विषेश पहल गर्नुपर्ने आग्रह गरे।

कार्यक्रममा नगर उपप्रमुख सुर्य दुवे,जिल्ला फुटवल सघ अध्यक्ष धनप्रसाद गुरुङ,सुनवल नगरपालिकाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्य,स्थानीय युवा क्लब आमा समुह,लगायत खेलसंग सम्बन्धि उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्द्घाटन खेल वडा नम्बर १ र वडा नम्बर ५ को खेलमा निर्धातिर समयमा कुनै टिमबाट गोल हुन नसक्दा टाइब्रेकरमा (पेनाल्टी सुटआउटमा )वडा नम्बर ५ ले वडा नम्बर १ लाई  ३ का विरुद्ध  ४  गोल गर्दै  बिजयी हासिल गरेको छ ।

यसैगरि बिच भोलि हुने खेल वडा नम्बर ११ र वडा नम्बर १२ बिच हुने छैठौं मेयर कप फुटबल प्रतियोगिता उपभोक्ता समितिका उपाध्यक्ष दिपक पाण्डेले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?