फाल्गुन २० काठमाडौं । सरकार र विप्लव नेकपाबीच आज तेस्रो चरणको वार्ता तीनबुद्दे सहमति भएको छ ।
दुई पक्षबीच सहमति भएपछि भोलि २१ गते दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना गर्नेभएका छन् ।
राष्ट्रिय सभागृहमा भोलि दिउँसो २ बजे आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जनाएका छन् ।