ट्रेन्डीङ्ग

गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा दाङमा आयोजित भलिबल प्रतियोगिता सप्पन्न

फाल्गुन २० दाङ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालित जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी पश्चिम रुकुम ले हात पारेको छ।प्रतियोगिता को बुधबार सम्पन्न सानदार अनि रोमाञ्चक फाइनल खेलमा डल्फिन फिड कैलाली लाई ३-२ को सेटमा पाखा लगाउदै पश्चिम रुकुम ले उपाधी जितेको हो । उल्लेख्य दर्शक ले खचाखच भरिएको तुलसिपुर अरनिको खेल मैदानमा उच्च मनोबलका साथ फाईनल भिडन्त मा उत्रेको पश्चिम रुकुम ले उपाधी संगै नगद एक लाख, कप,मेडल तथा प्रमाणपत्र हात पारेको हो ।

फाईनलमा हार ब्यहोरेको डल्फिन फिड उपबिजेतामा सिमित रहदै नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा पिवाईसी रुकुम तृतीय भयो भने हिरा डाँगी फाउन्डेसन ले सान्त्वना स्थान हात पार्‍यो । दुबै टिम मा रास्ट्रीय खेलाडिको वर्चस्व रहेकाले फाईनल खेल निक्कै कडा प्रतिस्पर्धा र रोमाञ्चक भएको थियो।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा फाल्गुन १५ गतेदेखि १८गतेसम्म दाङको तुलसीपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता संचालन थियोे । सबैका लागि खेलकुद,खेलकुदमा बैज्ञानिक नया संरचना र आमूल परिबर्तन भन्ने मुल नाराका साथ दाङमा खुल्ला भलिबल प्रतियोगिता सन्चालन गरिएको महासंघका केन्द्रीय महासचिव विनोद चन्दले बताए ।

भलिबल प्रतियोगिताको माध्यमबाट नया क्षमता र प्रतिभाहरु प्रस्फुटन हुने एबम खेलकुद बिकासमा प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्बाह गर्ने उद्देश्य रहेको महासंघका महासचिब चन्दले बताए । प्रतियोगितामा सहभागी प्रतिष्पर्धीलाई दर्ता बापतको शुल्क ५ हजार लिएको थियो ।

कार्यक्रम पुर्व घोराहिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले प्रथम हुने समुहलाइ नगद १ लाख सहित शिल्ड मेडल प्रमाणपत्र,दोस्रो हुने समुहलाइ ५० हजार,तेस्रो हुने समुहलाइ २५ हजार र चौथो हुने समुहलाइ १५ हजार रुपैया नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने घोषणा गरिसकेका थिए


महासंघले यस अगाडि समेत विभिन्न कार्यक्रम गर्दै आईरहेको थियो भने हाल दाङमा आयोजना गरिएको कार्यक्रम भब्यतापुर्ण तरिकाले सम्पन्न गरिएको अध्यक्ष जयन्द्र चन्दले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?