ट्रेन्डीङ्ग

देवकोटा माविमा नि:शुल्क आँखा शिविर संचालन,११ सय बढी विधार्थीले सेवा लिए

सुनवल ।गर्मी बढे आखामा देखिने समस्यालाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सूनवल-४ स्थित महाकवि देवकोटा नमुना माविले नि:शुल्क आँखा शिविर संचालन गरेको छ।पछिल्लो समयमा आखामा देखिने समस्या पनि बढ्दो छ।त्यसैलाई मध्यनजर गर्दै विधालयमै निशुल्क आँखा शिविर संचालन गरेको विधालय प्राचार्य खेमलाल जोशी शर्माले बताए।

 

आँखा शिविरको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले पठनपाठन सगैं विद्यार्थीको स्वास्थ्य चेकजाँचले निकै महत्व राख्ने बताए।

 

त्यस्तै विधालयमा अतिरिक्त क्रियाकलाप सगै विभिन्न स्वास्थ्य शिविरलाई पनि प्राथमिकताका साथ व्यवस्थापकीय पक्षलाई अगाडी बढाएको विधालय व्यवस्थापन समिती अध्यक्ष ज्ञानहरि अर्यालले बताए।

 

 

आँखा शिविर कार्यक्रमलाई नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थांन ,डा. बिनोद निता कंडेल आँखा अस्पताल परासीले सहजिकरण गरेको विधालयले जनाएको छ।आँखा शिविर कार्यक्रममा विधालय व्यवस्थापन समितिका सदस्य विजय कर्माचार्य, प्रतिभा कार्की, तुल्सा क्षेत्री, रामजी बाबू पराजुली, बिधालय शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लिराम शर्मा लगायतको उपस्थिति रहेको विधालयले जनाएको छ।

 

कक्षा नर्सरीदेखि १२ कक्षासम्म पठनपाठन हुने विधालयका ११ सय भन्दा बढी विद्यार्थीको आँखा चेकजाँच भएको र ६६ जनामा चस्मा प्रयोग गर्नु पर्ने बरिष्ठ नेत्र सहायक राधिका यादवले बताइन । विद्यार्थीलाई नि:शुल्क चस्मा विधालयले उपलब्ध गराउने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal