ट्रेन्डीङ्ग

सुनवल खानेपानीको फिल्टर ट्याङ्कीमा आगलागी हुदा २० लाख बराबरको क्षति

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ घैयावारी स्थित सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानीको फिल्टर ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ।




गर्मि र सुख्खा मौसममा घैयाबारी जङ्गलमा लागेको आगो सल्किएर खानेपानीको फिल्टर पानीको ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी हुन पुगेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए।




आज आईतवार विहान साढे १० बजे तिर सुरु भएको आगलागी स्थानीय मानिसहरु,दमकल र प्रहरीको सहयोगमा दिउसो करिव सवा १२ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको हो।


आगलागिबाट मानवीय तथा चौपाय क्षती नभएपनि एचडिपि प्लास्टिकको पाइप(१ ट्रक),गोदाम घर र शौचालयको झ्याल ढोकाको समेत गरी करिब २० लाख भन्दा बढी मूल्य बराबरको धनमाल क्षति भएको नायव उपरिक्षक पाण्डेले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?