ट्रेन्डीङ्ग

घरधनिको भाडा घटाऊँन व्यवसायी संघ सस्थाको सामूहिक अपिल

सुनवल।समाजले शहरबजार क्षेत्रलाई आर्थिक गतिविधि सञ्चालनको हबको रूपमा लिदै आएको छ तर वर्तमान समयमा शहर बजारको आर्थिक गतिविधि चरम निराशाजनक र ओरालो लागीरहेको अवस्था छ।

 

 

यस समयमा नवलपरासी पश्चिम सुनवल क्षेत्रका व्यवसायीक संघ संस्थाहरुले घरवहाल घटाउन घरधनीलाई सामुहिक अपिल गरेका छन।कोभिड पछिको घट्दो व्यापार,चर्को बैंक व्याजदर लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यवसायमा देखा परेको समस्या र समग्र मुलुकको आर्थिक अवस्था र संकटका वारेमा छलफल गरी व्यवसायीक संस्थाहरुको संयुक्त बैठकपछि उनिहरुले संयुक्त अपिल जारी गरेका हुन।

 

 

उद्योग वाणिज्य संघ सुनवल,होटल व्यवसायी संघ,तयारी कपडा व्यवसायी संघ,सुनचाँदी व्यवसायी संघ,मोेवाईल व्यवसायी संघको संयुक्त बैठक पछि जारी अपिलमा बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभए पछि सुनवल नगरपालिकामा घरभाडामा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु पसल बन्द गर्नेको संख्या बढ्दै गएको र वजार विस्तापित हुने क्रम बढ्दो रहेकाले बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता तथा घरधनी महानुभावहरुलाई पनि प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ।

 

 

 

यो स्थितीलाई मनन गर्दै पछिल्लो घट्दो र खस्कदै गइरहेको व्यापारलाई वचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको ठहर गर्दै घरवहाल घटाउन घरधनीहरुलाई सामुहिक आग्रह गरेका हुन।

 

 

 

उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, महासचिव तेजप्रसाद भण्डारी,रामनगर बजार विकास संस्थाका अध्यक्ष युवराज भुषाल,बनकट्टी बजार विकास समितिका अध्यक्ष यमप्रसाद सापकोटा,होटल व्यवसायी संघ सुनवलका अध्यक्ष बलराम पाण्डे, सुनचाँदी व्यवसाय संघ सुनवलका अध्यक्ष होमनाथ सुनार,मदिरा व्यवसायी संघ नवलपरासीका कोषाध्यक्ष हरि न्यौपाने, मोवाईल व्यवसायी संघ सुनवलका अध्यक्ष आजाद अन्सारी, नवलपरासी फोटो ग्राफि संघका उपाध्यक्ष शिव केसी, तयारी कपडा व्यवसायी संघ सुनवलका अध्यक्ष वलराम कवर, उद्योग वाणिज्य संघ सुनवलका कार्यसमिति सदस्य मुरली गौतमद्धारा हस्ताक्षरीत अपिलमा घरवहाल घटाउन घरधनीलाई आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal