ट्रेन्डीङ्ग

एसएलआरले गोलि हानी सशस्त्र प्रहरीले गरे आत्महत्या

दाङ।आफैलाई गोली हानेर एकजना सशस्त्र प्रहरी हवल्दारले आत्महत्या गरेका छन।


आत्महत्या गर्नेमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिए।



सशस्त्र प्रहरी सहायक हवल्दार पदमा रहि कारागार सुरक्षा बेस तुल्सीपुर दाङमा कार्यरत रहेका थिए।


आइतबार बेलुका ८: ४० बजे कारागार भित्र डिउटीमा रहेको बेला एस.एल.आर.राइफलले चिउडाेमा हान्दा टाउकोकाे उपल्लाे भागबाट गाेली निस्किएको छ।


केसीको शवलाई पाेष्टमार्टमकाे लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

 



घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal