ट्रेन्डीङ्ग

सुनवल:परालको टौवामा आगलागी,६० हजार बराबरको क्षती

सुनवल।पश्चिम नवलपरासीको सुनवल ७ बेतलौरीमा खेतको झारपातमा लगाएको आगो सल्किएर परालको टौवामा आगलागी भएको छ।

घर नजिकै खेतको झारपातमा लगाएको आगो अचानक सल्किएर रुद्रलाल सुवेदीको घर नजिकैको परालको टौवामा आगलागी भएको हो।

आगलागी भएको भन्ने खबर प्राप्त हुन साथ खटिएको प्रहरी टोली,स्थानीय,दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए।


आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति नभएको र ६० हजार मुल्य वरावरको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।


गर्मि र सुख्खा मौसम आए संगै जिल्लामा आगलागीका घटना बृद्धि हुन थालेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?