ट्रेन्डीङ्ग

‘जारी’पाइरेसी भएपछि निर्माताले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं।अहिले हलमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन।




निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक,टिकटक,युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्ट विरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन।



हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन।अहिले सामाजिक सञ्जालमा यो फिल्मका दृश्यहरु छ्याप्छ्याप्ती हालिएको छ।



दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको छ।निकै आक्रामक कमाइ गरिरहेको फिल्मका लामा-लामा दृश्य पनि टिकटकमा हालिएको छ।यसअघि पनि छक्कापञ्जा ४ पाइरेसी भएको भन्दै निर्माताले साइबर ब्युरोमा उजुरी दिएका थिए।पछि प्रहरीको तदारुकतामा पाइरेसी गरिएका एकाउन्टबाट ती दृश्य हटाइएको थियो।




पछिल्लो समय सामाजिक सञ्जालबाट हुने फिल्म पाइरेसी निर्मातालाई हैरानीको विषय बनिरहेको छ भने ठूलो आर्थिक क्षति पनि पुगेको निर्माता संघले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?