ट्रेन्डीङ्ग

सर्वङगीण कृषि सहकारी संस्थाद्धारा कृषकलाई कृषि सामाग्रीहरु हस्तान्तरण

सुनवल।सर्वङगीण कृषि सहकारी संस्था लि.सुनवल १ सोमनाथले ५० प्रतिशत अनुदानमा कृषि समाग्रीहरु कृषकलाई हस्तान्तरण गरेको छ।

 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनवल नगरपालिकाद्धारा ५० प्रतिशत अनुदानमा प्राप्त कृषि समाग्री सहकारीका शेयर कृषकहलाई प्रदान गरेको सहकारीका अध्यक्ष खगराज उपाध्यायले बताए।

 

 

सहकारीले सरकारबाट उपलब्ध हुने सेवा सुविधालाई निरन्तर मध्यस्थता गर्दै शेयर सदस्यहरको हित र कृषि कार्यको सम्मानको लागी अनवरत रुपमा लागी पर्ने सहकारीका अध्यक्ष उपाध्यायको भनाई छ।

 

 

समृद्ध सुनवल र सुखि सुनवलवासीको संक्लप सहित नगरपालिकाका विभिन्न योजना रहेको नगरप्रमुख विमला अर्यालले बताइन।

 

 

सुनवल नगरपालिकालाई कृषिमा अब्बल बनाई निर्यातमा कम गर्ने उद्देश्य समेत नगरपालिकाले राखेको नगरप्रमुख अर्यालको भनाई छ।

 

 

आगामि दिनमा कृषकहरुलाई अझै वढि सहुलियत हुने गरि नगरपालिकाले योजना बनाउने भन्दै नगर प्रमुख अर्यालले अनुदानमा प्राप्त प्रविधिहरुलाई सहि सदुपयोग गर्न आग्रह गरीन।

 

 

त्यस्तै वडाध्यक्ष मनबहादुर थापाले कृषी क्षेत्रलाई अगाडी वढाउन महत्वपुणर् भुमिका खेल्ने सहकारीको काम प्रशंसनिय रहेको भन्दै कृषि क्षेत्रबाटै बेरोजगारी हटाउनु पर्नेमा जोड दिए।

 

 

त्यस्तै सुनवल नगरपालिकाका कृषि प्राविधिक मनोज न्यौपानेले पहिलो चोटी पकेट क्षेत्रलाई परेको अनुदान दोस्रो पटक पनि पर्ने र सुपर जोन बनाउन सके प्रविधिमा अझै वढि अनुदान आउने बताए।त्यसको लागी कृषकहरुको दक्षता र लगनशिलताले प्रभाव पार्ने उनको भनाई थियो।

 

 

कार्यक्रममा सर्वाङिगण कृषि सहकारीका सल्लाहकार संयोजक जित वहादुर पौडेल,संस्था उपाध्यक्ष रुद्रनाथ लामिछाने र समाग्री प्राप्त गर्ने कृषकको तर्फबट धनप्रसाद तिवारीले प्राप्त कृषि समाग्रीको सहित सदुपयोग गर्दै वढि भन्दा वढि फाइदा लिनुपर्नेमा जोड दिएको संस्था कोषाध्यक्ष हरि चापागईले जानकारी दिए।

 

 

रोडाभेटर,हाते ट्याक्टर,छाटि काट्ने मेशिन,राइस मिल,पम्पसेट,स्प्रे,त्रिपाल,केदालो लगाएत रु २४ लाखको कृषी प्रविधिहरु सहकारीका ९१ जना कृषकहरुलाई वितरण गरेको संस्थाका व्यवस्थापक सोमनाथ सापकोटाले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal