ट्रेन्डीङ्ग

सिस्किन स्कुलको १९औं वार्षिकोत्सब तथा पुरस्कार बितरण

उर्मिला यादव यात्री फागुन १९ परासी ।

पश्चिम नवलपरासीको सुनवल नपा वडा नम्बर १३ बडेरामा अवस्थित सिस्कीन सेकेन्डरी इंगलिस स्कुलको १९ औ बार्षिक साधारण उत्सव तथा पुरस्कार बितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष घनश्याम आलेको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्राचार्य सोमन्त खनालले स्वागत मन्तब्य राख्दै बिद्यालयको शैक्षिक बिकासमा आफु प्रतिबद्ध भएर लागि परेको बताउनु भएको छ ।
बालबालिका भबिष्यको कर्णधार भएकोले उनीहरुको शैक्षिक गुणस्तरमा शिक्षकहरु पनि प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ ।
बिद्यार्थीहरुका लागी एउटा शिक्षक मात्र नभएर साथी र अभिभावकको रुपमा पनि शिक्षकहरुले भुमिका खेल्नुपर्ने बताउदै आगामी दिनमा बिद्यार्थीहरुको शैक्षिक गुणस्तरमा बृद्धि गर्ने उदेश्यले बिद्यालयले थप कार्यक्रम गर्ने समेत बताउनु भएको छ । प्राचार्य खनालले बिद्यालयको प्रगति प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको थियोे ।

कक्षा नर्सरी देखि कक्षा १० सम्मको बिद्यार्थीहरुलाइ शैक्षिक सत्र २०७६ सालको एकेडेमी पुरस्कार साथै खेलकुदतर्फको पुरस्कार समेत बितरण गरीएको थियो भने बिद्यालयका शिक्षक शिक्षिकाहरुलाइ समेत सम्मान गरीएको थियो ।

बिद्यालयका शिक्षक मदन चौधरीले संचालन गर्नु भएको कार्यक्रममा बिद्यालयका प्रबन्ध निर्देशक डम्बर बहादुर गुरुंग,शिक्षक सुनिल शाही लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थी,शिक्षक र अभिभावक लगायत को सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal