ट्रेन्डीङ्ग

वडाबासीहरुद्धारा राष्ट्रिय भुमि अयोग जिल्ला समितिलाई सम्मान

सुनवल।पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्वर १ का वडाबासीहरुले राष्ट्रिय भुमि अयोग जिल्ला समितिलाई सम्मान गरेका छन।


वि.स २०६७ मा जग्गा पुर्जा प्राप्त गरे पनि अख्तियारमा मुद्धा परे संगै लामो समयसम्म रोक्का भएको जग्गा फुकुवा भएपछि स्थानियहरुले जिल्ला समितिलाई एक कार्यक्रमका विच सम्मान गरेका हुन।


सुनवल नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष मान वहादुर थापाको अध्यक्षता तथा लुम्विीनी प्रदेश सभा सदस्य खड्ग वस्नेतको प्रमुख आतिथ्यता राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष देवराज भण्डारी र सदस्यहरु भविश्वर तिवारी,लक्ष्मी जैसी भुसाल,विज्ञ सदस्य सुर्दशन खरवारलाई सम्मान गरेका हुन।



सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथि सभा सदस्य खड्ग वस्नेतले राष्ट्रिय भुमि आयोगले राम्रो काम गरेको भन्दै वाँकि रहेका अरु सवै कार्यहरु पुरा गर्नुपर्नेमा जोड दिए।



त्यस्तै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुवेले स्थानिय वडावासीहरुको खुसी नै सुनवल नगरको खुसी भएको बताए।



त्यस्तै संस्थापक नगरप्रमुख भिम बहादुर थापाले बर्तमान आयोगको कृयाशिलतालेनै जग्गा पुर्जा प्राप्ती भएको भन्दै आफ्नो कार्यकालमा समेत सुनवल वासीलाई जग्गाको मालिक बनाउन विभिन्न प्रयत्न गरेको बताए।जसको लागी सुनवल वासीनै साक्षि रहेको थापाले दावी गरे।


पुर्व आयोग अध्यक्ष मनशोभा पाण्डे,स्थानिय समाजसेवि सुवेन्द्र कवर योगी लागयतले स्थानिय वासीहरुले जग्गा धनिपुर्जा प्राप्त गर्नु उपलब्धि भएको बताए।



राजनैतिक दल,समाजसेवि,वुद्धिजिवी र स्थानियहरुको उपस्थीति रहेको कार्यक्रममा स्वागत मन्तव्य स्थानिय वलराम वस्यालको रहेको थियो भने समिक्षा सिंजापतिले संचालनमा भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?