ट्रेन्डीङ्ग

विप्लव नेकपा र सरकार बीचको वार्ता सहमति नजिक

फाल्गुन १९ काठमाडौ ।विप्लव नेतृत्वको नेकपा र सरकार बीच दोस्रो चरणको  वार्ता सम्पन्न भएको छ ।

सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले सामाजिक सञ्जाल मार्फत दुवै पक्ष समान धारणा नजिक पुगेको बताए। दोस्रो चरणमा विषय केन्द्रित वार्ता भएको जानकारी दिएका छन्।

भट्टराईले भने, ‘दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’ सरकारी वार्ता टोलीले बुधबारै विहान बालुवाटारमा विप्लव नेकपासँग पहिलो चरणको वार्ता गरेको थियो।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर भट्टराई सदस्य रहेका छन्। विप्लव समूहको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड संयोजकत्वमा उदयबहादुर चलाउने दीपक सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?