ट्रेन्डीङ्ग

जनकल्याणद्धारा संचालित नि:शुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले सेवा लिए

सुनवल।जनकल्याण वहुउद्देश्यीय सहकारी संस्था सुनवल-६ विसासयले नि:शुल्क स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

 

 

 

नि:शुल्क स्वास्थ्य शिविर अन्तरर्गत महिला वालवालिकाहरुको स्वास्थ्य परिक्षण,दन्त शिविर,सुगर प्रेसर चेकजाँच गरेको संस्थाका अध्यक्ष दयाराम भण्डारीले जानकारी दिएका छन।

 

 

स्वास्थ्य शिविरमा ३ सय जनाले विभिन्न किसिमका स्वास्थ्य परिक्षण गराएका थिए भने रक्तदान कार्यक्रममा ३० पोइन्ट रगत संकलन भएको संस्थाका उपाध्यक्ष पदमप्रसाद काफ्लेले जानकारी दिए।

 

 

नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाको समन्वयमा रक्तदान कार्यक्रम भएको र महिला वालवालिकाहरुको स्वास्थ्य परिक्षण,दन्त शिविर,सुगर प्रेसर चेकजाँच दृश्य पोलिक्लीनीकको समन्वयमा संचालन गरिएको संस्थाका सचिव ओमकान्त तिमिल्सिनाले बताए।

 

 

संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा प्रेसर सुगरका विरामीहरु बढि मात्रामा देखिएको र प्यारालाइसीसका विरामीहरुले समेत चोकजाँच गराएको फिजिसियन डा. बिशेश्वभर जोशीले बताए।

 

 

त्यस्तै बालवालिकाहरुमा रुघाखोकी र पेटको समस्या बढि मात्रमा देखिएको बाल रोग विशेषज्ञ डा.किरण के.सीले बताए।

 

शिविरमा दात भाचिएका,गिजा सम्वन्धि समस्या भएकाहरु बढि मात्र भेटिएको दन्तरोग विशेषज्ञ विकास ढुङगाना बताए।

 

यस्तै शिवरमा रगतजाँचद्धारा मृगौला परिक्षण(क्रिटिनेन) र सुगर परिक्षण समेत गरिनुका साथै आवश्यक औषधिहरु पनि नि:शुल्क वितरण गरिएको थियो।

 

बहुउद्देश्यीय कार्यक्रम संचालन गरेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।

 

संस्थामा १८ सय ५४ शेयर सदस्यहरु रहेको व्यवस्थापक दिनेशनाथ कवरले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?