ट्रेन्डीङ्ग

पत्रकार महासंघको ६८ औं स्थापना दिवसको प्रभात फेरी परासीमा

परासी।नेपाल पत्रकार महासंघले आफ्नो ६८ औ स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रभातफेरी गरेको छ।

पत्रकार महासंघ नवलपरासी शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरी परासीका विभिन्न स्थान परिक्रमा गरेर बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले समाजमा हरेक क्षेत्र र नागरिकमा बढ्दो नैरासेतालाई आशाको पहिचान गरि सकारात्मक बिन्दु पहिल्याइ सामाजिक अन्तरकृया मार्फत समस्या सकारात्मक सन्देश फैल्याउने गरि समाधानको निष्कर्ष खोज्ने दायित्व पत्रकारिता क्षेत्र मात्र निर्वाह गर्ने बताउनुभयो।

पेशागत चुनौतीलाई एक जुट भएर सामना गर्ने र व्यवसायिक र मर्यादीत पत्रकारितालाई अगाडी बढाउनुपर्ने बताउनुभयो।

पत्रकारिता भित्र उठेका प्रश्नलाई पनि स्विकादै विश्वसनिय पत्रकारिता अभिवृद्धी गर्नेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो।

नेपाल पत्रकार महासंघले स्थापना दिवसको अवसरमा आयोजना गर्दै आएको प्रभातफेरी पहिलो पटक उपत्यका बाहिर गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal