ट्रेन्डीङ्ग

कांग्रेसले सांसदलाई काठमाडौं नछाड्न निर्देशन

फाल्गुन १९ काठमाडौ । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन गरेको छ ।

फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देशन गरिएको हो । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाडले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal