ट्रेन्डीङ्ग

सुनवल नगरपालिकाद्वारा ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित विदाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ६० वर्ष उमेर पुगेका ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित विदाई गरेको छ।नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बीच सुनवल १२ की मनु भण्डारी,सुनवल ९ की मिना कुमारी दमै,सुनवल १३ की शारदादेवी कवर योगी र सुनवल ८ की विष्णुमाया तामाङलाई जनही रु दुई लाखका दरले प्रोत्साहन वापतको रकम प्रदान गरिएको सुनवल नगरपालिकाका स्वास्थ्य संयोजक कृष्ण न्यौपानेले जानकारी दिनुभयो।

 

 

 

कार्यक्रममा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले आधारभूत स्वास्थ्य सेवा विस्तारमा स्वास्थ्य स्वयमसेविकाको अतुलनिय योगदान रहेकाले समृद्ध सुनवल निर्माणमा महत्वपुणर् भुमिका निर्वाह गरेको बताउनुभयो।उहाँहरुले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो।यस्तै उपप्रमुख सुर्य प्रसाद दुवेले स्वस्थ समाज निर्माण गर्न स्वास्थ्य स्वयमसेविकाले महत्वपुणर् भुमिका निर्वाह गरेको भन्दै आगामी दिनमा प्रोत्साहन रकम बृद्धि गरिने बताउनुभयो।

 

 

 

कार्यक्रममा सामाजिक विकास समिति संयोजक भगवती बस्यालले निरन्तर क्रियाशील रही नगरको स्वास्थ अवस्थालाई बिग्रन नदीई महत्वपूणर् भूमिका निभाएको भन्दै स्वास्थ्य स्वयम्सेविकाको भुमिका उल्लेख्निय रहेको बताउनुभयो।प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकाहरु,कर्मचारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सिनियर अहेव चुरामणि नेपालले गर्नूभएको थियो।सुनवल सुनवल नगरपालिकामा हाल २८ जना महिला स्वास्थ्य स्वायम्सेविका कार्यरत रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal