ट्रेन्डीङ्ग

सामाजिक उत्तरदायित्व वहन गर्दै जनकल्याण-शनिबार नि:शुल्क स्वास्थ्य शिविर

  • जनकल्याण साकोसद्वारा आगमी चैत्र १८ गते नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने
  • सुनवल।जनकल्याण बहुउदेश्यीय सहकारी संस्था लि. सुनवल ६ विसासयले आउदो शनिवार निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ।सहकारीले आज पत्रकार सम्मेलन आयोजना गरी स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गर्ने जनाएको हो।

    सहकारीको वार्षिक सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको सहकारीका अध्यक्ष दयाराम भण्डारीले जानकारी दिनुभयो।

    यही चैत्र १८ गते विहान ८ वजे देखी सुरु हुने स्वास्थ्य शिविरमा वालरोग विशेषज्ञ, महिला रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, फिजिसियन लगायतका चिकित्सकद्धारा सेवा प्रदान गरिने अध्यक्ष भण्डारीले बताउनुभयो।

    सोही अवसरमा निशुल्क रुपमा मृर्गौला र सुगर परिक्षण तथा रक्तदान कार्यक्रम पनि सञ्चालन हुने सहकारीका सचिव ओमकान्त तिमिल्सेनाले बताउनुभयो।

    उक्त स्वास्थ्य शिविरमा सहभागि भई स्वास्थ्य लाभ लिन सम्पुणर् सुनवलवासीलाई आग्रह पनि गरिएको छ।

    २०५७ सालमा स्थापीत संस्थामा हाल १८ सय २८ जना शेयर सदस्य आवद्ध रहेका छन् भने संस्थाको शेयर पुजी २ करोड, निक्षेप १३ करोड र कुल सम्पत्ति १८ करोड ९६ लाख रहेको सहकारीका उपाध्यक्ष पदमप्रसाद काफ्लेले बताउनुभयो।संस्थाले बचत तथा ऋण, मलखाद विक्री र दुग्ध डेरी लगायतका क्षेत्रमा काम गर्दै आएको छ।

    सोही अवसरमा सहकारीले नवगठित सुनवल प्रेस क्लबका कार्यसमिति पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?