सुनवल।महाकवि देवकोटा नमुना माविबाट एसईई २०७९ मा परिक्षा दिने विद्यार्थीहरुलाई एक कार्यक्रम बिच बिधालयले शुभकामना दिएको छ।
बिधालयका प्रध्यानाध्यापक खेमलाल जोसि शर्माको अध्यक्षता तथा ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख आतिथ्यतामा शुभकामना कार्यक्रम सप्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथी ज्ञान हरि अर्याल , बिशिस्ट अतिथि शिक्षक अबिभावक संघ का अध्यक्ष डिल्लीराम शर्मा,प्रध्यानाध्यापक खेमलाल जोशी शर्मा,बिधालयका संयोजक बिकास भन्डारी,शिक्षक सुनिल थापा,धुर्ब घिमिरे,अभिभावक राजेन्द्र यादव लगायतले एस इ इ परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नु भयो।त्यस्तै बिद्यार्थीहरुको तर्फबाट दिपा थापा र क्षितिज बि.कले आफ्ने भनाई राखेका थिए।
बिद्यार्थीहरुलाई आवश्यक परिक्षा सामाग्री अन्तर्गत ज्यामेट्रीबक्स प्रदान गरिएको बिधालयले जनाएको छ।