ट्रेन्डीङ्ग

गुरुकुलको ८ औं दीक्षान्त कार्यक्रम,बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनुपर्नेमा जोड

दाङ।नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताउनुभएको छ।





घोराही उप महानगरपालिका वडा नं १५ मा रहेको गुरुकुल ऐकेडेमीको ८ औं दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उँहाले यस्तो बताउनुभएको हो।


बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उँहाले बताउनुभयो।‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन’उँहाले भन्नुभयो।त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उँहाले आग्रह समेत गर्नुभयो।



विद्यार्थीहरुलाई अरुसँग तुलना गर्न नहुने भन्दै उँहाले अभिभावकहरुले विद्यार्थीलाइ अरु यस्तो, उस्तो भनेर तुलना गर्न नहुने बताउनुभयो।यसले बालवालिकाहरुलाई नकारात्मक सोचको विकास गराउने उँहाको भनाइ रहेको छ।पछिल्लो समयमा शिक्षामा निजी क्षेत्रको लगानी वढदै गएको समेत उँहाले बताउनुभयो।यसले शिक्षाको विकासमा सहयोग पुग्ने समेत उँहाको भनाइ रहेको छ।‘पहिले निजी क्षेत्रलाई नाफा कमाउने दृष्टिले मात्र हेर्ने गरिन्थ्यो अहिले परिवर्तन भएको छ ’प्रियासनले भन्नुभयो।विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उँहाले बताउनुभयो।




कार्यक्रममा वोल्ने वक्ताहरुले गुरुकुल एकेडेमी स्थापना भएको छोटो समयमा नै राम्रो सफलता हाँसिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए।उनीहरुले शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने बताएका थिए।
विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताउनुभयो।पुर्ण मानव श्रृजना गर्ने मुल ध्ययका साथ संचालनमा आएको गुरुकुल एकेडेमिले बिद्यार्थिहरुलाई दिइने शिक्षण सिकाईमा कुनै कमजोरी नहुने बताउनुभएको थियो।साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरुलाई धन्यबाद समेत प्रदान गनुभएको थियो।

दिक्षान्त कार्यक्रममा प्रि २ का ३१ जना बिद्यार्थिहरुलाई दिक्षान्त गरीएको हो भने प्रि १ र २ का बिद्यार्थिहरुका हजुरबुवा हजुरआमाहरुलाई सम्मान गरीएको थियो।सो अवशरमा बिद्यार्थिहरुले बिभिन्न नृत्य प्रस्तुत गरेको थिए भने मन्टेस्वरीका शिक्षिकाहररुले पनि नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा बिद्याललाई महत्वपुर्ण योगदान दिनुभएका ब्यक्तिहरुलाई सम्मान गरीएको थियो। सम्मानित हुनेहरुमा बिद्यालयका पुर्व प्रशासन प्रमुख नरेन्द्र देवकोटा,बिद्यालयका शैक्षिक निर्देशक योगेश कुमार गोइत पुर्व मन्टेस्वरी संयोजक गोमा भन्डारी र कार्यक्रमका प्रमुख अतिथि सविन प्रियासनलाई सम्मान गरीएको थियो।

कार्यक्रममा गुरुकुल एकेडेमिको पुर्व मन्टेश्वरी संयोजक गोमा भन्डारी,बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरी,अभिभावक सोनम चौरासिया र प्रि २ का बिद्यार्थिहरुले मन्तब्य राख्नुभएको थियो।

विद्यालयका प्रिन्सिपल डा.कृष्णराज डिसीको अध्यक्षता तथा विद्यालयका मन्टेश्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रेशु राउतले गर्नुभएको थियो।

विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुदै आएको छ।बिद्यालयमा अहिले प्ले ग्रुप देखि कक्षा ९ सम्म सिमित सिटमा भर्ना समेत खुलेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal