ट्रेन्डीङ्ग

सुनवल नगरद्वारा सुनवल प्रेस क्लबका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नवगठित सुनवल प्रेस क्लवलाई बधाई तथा सुभकामना व्यक्त गरेको छ।



नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका विच नवगठित कार्य समितिलाई सुनवल नगरप्रमुख विमला अर्याल र उपप्रमुख सुर्य प्रसाद दुवेले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।


सो अवसरमा नगर प्रमुख अर्यालले समाजको विकास निर्माण तथा योजना एवं समाज रूपान्तरणमा क्रियाशिल रहन पत्रकारहरुलाई आग्रह गर्नुभयो।केहि पत्रकारले वास्तविकता नबुझी एक्कासी बाहिर ल्याउने प्रवृतिले विकृति नित्याएको भन्दै ति विकृतिहरु हटाउदै कुनै लाभ वा पुर्वाग्राहीमा नपरी स्वच्क्ष तरिकाले पत्रकारीता गर्नुपर्ने बताउनुभयो।


सुनवलका विविध गतिविधिहरुको येथार्थपरक र सत्यतामा रहेर पत्रकारिता गर्नु पर्नेमा नगर प्रमुख अर्यालको जोड थियो।


नगर उपप्रमुख दुबेले समाज परिवर्तनको संवाहक पत्रकारीता रहेकाले निष्पक्ष ढंगबाट पत्रकारिता गर्नुपर्ने र मूल मर्मलाई बुझेर आफ्नो कर्मलाई अगाडि बढाउनु पर्ने बताउनुभयो।



सुनवल प्रेस क्लवका अध्यक्ष रमेश भुषालले समाजका सत्य तथ्य विषयबस्तुलाई बुलन्द गर्न संगठन आवश्यक भएकाले प्रेस क्लव गठन भएको बताउनुभयो।आगामी दिनमा सुनवलका विकास गतिविधि तथा कार्यक्रमलाई पत्रकारीता मार्फत उजागर गर्न आफुहरु प्रतिवद्ध रहेको पनि बताउनुभयो।


सो अवसरमा नवगठित कार्यसमितिका पदाधिकारी,सुनवल वडा नं ४ का वडाध्यक्ष वालकृष्ण पंगेनी लगायत विभिन्न संघसंस्थाका पदाधिकारीको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?