ट्रेन्डीङ्ग

शिक्षक संघ नवलपरासीको अध्यक्षमा चापागाईं निर्वाचित

परासी।नेपाल शिक्षक संघ नवलपरासी ९ औं अधिबेशनबाट अध्यक्षमा भोजराज चापागाईं १६० मतले बिजयी हुनुभएको छ।



चापागाईंले ३८५ मत प्राप्त गर्दा अध्यक्ष पदका अर्का उम्मेवदार वृजराज कुशवाहाले २२५ मत प्राप्त गर्नु भएको छ।



त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार पाठक,सचिबमा इन्द्र बहादुर चौधरी,अर्थ सचीवमा कुन्जबिहारी चौधरी,सहसचिवमा अर्जुन प्रसाद पाण्डे बिजयी हुनु भएको छ।त्यस्तै जिल्ला सदस्यमा खुल्लामा बिरेन्द्र कुमार यादव,गोबिन्द प्रसाद पाण्डे,नारद ठाकुर,ध्रुब आचार्य बिजयी हुनुभयो।



प्रदेश अधिवेशन प्रतिनिधि खुल्लामा इन्देश गुप्ता,चुडामणि भण्डारी, प्रदिप कुमार चौधरी,भविश्वर पाण्डे बिजेता हुनुभएको छ।भने संघीय महाधिवेशन प्रतिनिधि महिलामा मनमाय गुरुङ्ग र ओम कुमारी चौधरी बिजयी हुनुभयो।


संघीय महाधिवेशन प्रतिनिधि खुल्लामा पशुपति चौधरी,चेतनाथ पौडेल,बिनोद ज्ञवाली बिजयी हुनुभयो।



संघको ९ औं अधिबेशनका लागि चापागाईं र कुशुवाहा दुबैजनाले छुट्टाछुट्टै प्यानलनै बनाएर नेतृत्वका लागी दाबी गर्नु भएको थियो।



शिक्षक संघ नवलपरासीमा कुल ६ सय २० मत खसेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal