ट्रेन्डीङ्ग

उद्योग वाणिज्य संघ सुनवलद्धारा क्रीकेटका कप्तान पौडेललाई सम्मान

सुनवल।राष्ट्रिय क्रिकेट टोलिको कप्तान रोहित पौडेललाई उद्योग वाणिज्य संघ सुनवलले एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ।


गृह जिल्ला पश्चिम नवलपरासी आएको मौका पारी उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्ग वस्नेतको प्रमुख आतिथ्यतामा कप्तान पौडेललाई सम्मान गरेको हो।

 

उद्योग वाणिज्य संघले उद्योग व्यापार व्यवसाय र खेलकुद क्षेत्रबाटै देशको उन्नती र प्रगति हुने भन्दै भर्खरै विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलिका कप्तान पौडेललाई वद्याई एवं सम्मान गरेको अध्यक्ष कर्माचार्यले बताउनुभयो।

 

बद्याई र सम्मानको लागी उद्योग वाणिज्य संघ सुनवललाई धन्यवाद दिदै राष्ट्रिय क्रिकेट टोलिका कप्तान पौडेलले आगामी क्रिकेटको यात्रामा थप प्रेरणा मिलेको बताउनुभयो।

 

 

त्यस्तै लुम्विनी प्रदेश सभा सदस्य वस्नेतले राष्ट्रिय क्रिकेट टोलका कप्तान पौडेललाई बधाई दिदै यस क्षेत्रको समग्र खेलकुद विकासको लागी सधै प्रतिवद्ध रहेको बताउनुभयो।

 

 

खेलकुद विकासको लागी योजनाका साथ अगाडी वढ्नु पर्नेमा जोड दिदै आफ्नो तर्फबाट खेलकुद विकासमा आफ्नो भुमिकालाई सक्रिय वनाउने सभासद वस्नेतको भनाई छ।

 

 

त्यस्तै सुनवल नगरपालिकाका संस्थापक नगरप्रमुख भिम वहादुर थापाले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई कप्तान पौडेलले नेपालको क्रिकेट यात्रालाई विश्वकपमा पुर्‍याउनुपर्ने बताउनुभयो।



 

 

विकास र खेलकुद क्षेत्रमा दलगत स्वार्थ भन्दा माथि उठ्नु पर्ने थापाको भनाई छ।आफ्नो कार्यकालमा सुनवलको खेलकुद लगाएत समग्र विकासका योजनाहरु अगाडी वढ्न नसक्नु दुखद भएको बताउनुभयो।



दलगत भन्दा पनि राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो जबसम्म सुनवलबासीले भन्न सक्दैनन तब सम्म सुनवलको विकासले गति लिन नसक्ने थापाको भनाई छ।



बद्याइ तथा सम्मान कार्यक्रमा जिल्ला खेलकुद विकास समिति सदस्य टेक वहादुर पुन,उद्योग वाणिज्य संघ सुनवलका महासचिव तेजु भण्डारी,सदस्य दुर्गा सुवेदी लगायतले राष्ट्रिय टोलिका कप्तान पौडेललाई बद्याई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो।


कार्यक्रममा खेलकुदमा आवद्ध संघका पदाधिकारी एवं खेलाडीहरुको उपस्थीति रहको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal