ट्रेन्डीङ्ग

गृहमन्त्री बादलको नेतृत्वमा वार्ता टोलि,विप्लव संग वार्ता गर्ने

१८ फागुन, काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपा सँग वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएको छ ।

प्रवक्ता गुरुङले वार्ता टोलीको घोषणा गर्दै सबै समस्या वार्ताबाटै हुने बताए। उनले प्रतिबन्धको फुकुवा पनि वार्ताकै प्रक्रियामा हुने जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?