ट्रेन्डीङ्ग

सीपले मानिसलाई आत्मनिर्भर बनाउछ :नगर प्रमुख भुसाल

अनिल नेपाली, अर्घाखाँची १७ फागुन ।
सन्धिखर्क नगरपालिका अर्घाखाँचीले युवा लक्षित कार्यक्रम अन्तर्गत ४५ दिने ड्राइभिङ तालिम र दलित मुस्लिम विशेष ३ महिने कम्प्युटर तालिमको सुरुवात गरेको छ ।

कार्यक्रमको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो । उद्घाटन गदै नगर प्रमुख भुसालले सीपले मानिसलाई दक्षता हासिल गराई आत्मनिर्भर गराउने हुदा अनुशासन पुर्बक तालिम सिक्नको लागि सबैलाई आबहान गदै सिकेको सिपलाई व्यहारमा उतारी स्वरोजगारी बनुपर्ने बताउनुभएको थियो ।

सन्धिखर्कका प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटाले जीवनमा सीपको अपिहार्यता रहेको बताउनुभएको थियो कार्यक्रममा नगरपालिका शाखा अधिकृत मन्जु खनाल वार्ड नम्बर ८ का अध्यक्ष ईश्वरीप्रसाद भुसाल पत्रकार महासघका प्रदेश सदस्य प्रेमनारायण आचार्य उपाध्यक्ष गणेश खनाल ,सहसचिब अनिल नेपाली लगायतको आतिथ्यता रहेको थियो ।

ड्राइभिङ तालिमको लागि १२ जनाको कम्प्युटर तालिमको लागि ४८ जनाको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियाले गर्नुभएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?