ट्रेन्डीङ्ग

सरावल गाउँपालिकाको साताैँ स्थापना दिवस मनायो

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले साताैँ स्थापना दिवसकाे अवसरमा बिविध कार्यक्रम आयोजना गरि मनाइएको छ।सरावल

 

 

 

 

 

 

 

 

साेमबार पालिका स्थापना दिवसकाे अवसरमा बक्तृत्वकला प्रतियोगिता,दिप प्रजवलन तथा सांस्कृतिक कार्यक्रम सहित स्थापना कालदेखि कार्यरत कर्मचारीलाई सम्मान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो।

 


“स्वास्थ्य,शिक्षा,कृषि र पुर्वाधार:समृद्ध सरावलकाे अधार”शिर्षकमा बक्तृत्वकला प्रतियोगिता पालिका गरिएको हो।कार्यक्रममा ७ जना कर्मचारीहरुले सहभागिता जनाएका थिए।


बक्तृत्वकला प्रतियोगितामा अशाेक पाण्डेय प्रथम,पुष्पा शर्मा द्धितिय र भिमलाल भण्डारी तृतीय स्थान हासिल गर्नुभएको थियो।प्रथम,द्धितिय र तृतीय स्थान हासिल गर्नेलाई पाँच हजार,तीन हजार,दुई हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै पालिका स्थापनाकालदेखि कार्यरत कर्मचारी नरेह काेहार,टंकनाथ ज्ञवाली र अवध बिहारी चाैहानलाई सम्मानित गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले स्थापना दिवससँगै आगामी दिनमा संघियताको मूल मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस् भन्दै सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए।



स्थानीय सरकार संचालन ऐन-२०७४ को परिधि भित्र रहेर सरावल गाउँपालिका क्रियाशिल रहेको बताउँदै कार्यसंचालनमा देखिएका केही असहजताहरुलाई चिर्दे समृद्ध सरावल बनाउन हरसम्भव उपायहरु अवलम्वन गरिएको अध्यक्ष चौधरीले बताए।

संघियताको व्यवस्था यहाँसम्म ल्याउन योगदान पुर्याउनु हुने सबैप्रति स्मरण गर्दै यसका लागि स्थानिय सरकार सदैव जनताको हकहितका लागि लागि रहने बताए।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलले सहभागितात्मक बिकास प्रणालीबाट मात्र स्थानीय तह समृद्ध हुन सक्ने बताउँदै स्थानीय पूर्वाधार निर्माण र बिकासको क्षेत्रमा सबैको ऐक्यबद्धता आवश्यक रहेको धारणा राखेका थिए।


कार्यक्रममा वडा नम्बर १ वडा अध्यक्ष विष्णु भट्टराई,लेखाशाखा प्रमुख नरायण पाण्डेय,वडा नम्बर ५ सचिव अशोक पाण्डेय,लेखा सहायक नरेश काेहार तथा पत्रकार उमेश बि.क लगायतले गाउँपालिका भित्र रहेका पर्यटकीय संभावनाहरुलाई आर्थिक समृद्धि संग जोड्न सके त्यसले नागरिकहरुको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने धारणा ब्यक्त गर्दै बिकासमा ऐक्यवद्धता र सेवाप्रवाहमा सुशासनको प्रत्याभूती गराउन सके संघीयताको बास्तबिक अनुभूती हुने धारणा ब्यक्त गर्दै स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका थिए।

स्थापन दिवसको अवसरमा सरावल गाउँपालिकाद्वारा सन्चालनमा आउने फाेहाेर मैला ब्यवस्थापनका लागि ट्याक्टर उदघाटन गरिएको छ।

कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य एवं जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रमकाे सञ्चालन महिला बालबालिका शाखा प्रमुख खेम खनालले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal