ट्रेन्डीङ्ग

विप्लव नेकपासंग छिट्टै वार्ता गर्छौ:प्रधानमन्त्री

फागुन १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै वार्ता हुने बताएका छन् ।

आज झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेकपासँग छिट्टै वार्ता हुने दाबी गरेका छन् ।

विप्लव नेतृत्वको नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले फागुन ८ गते विज्ञप्ति जारी गर्दै सहज अवस्थामा वार्ता गर्ने बताएका थिए । तर प्रधानमन्त्री ओलीले यसबारे प्रष्ट धारणा राखेको थिएनन् ।

प्रधानमन्त्री ओलीले आज पहिलो पटक विप्लव नेतृत्वको नेकपासँग वार्ता हुन लागेको धारणा राखेका हुन् ।

उनले भने,“तपाईंहरुलाई खुशीको खवर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ ।”

उनले भने“तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal