ट्रेन्डीङ्ग

जनपत्रकार संगठन सहित ४ पत्रकार संगठनले महासंघ निर्वाचनमा सहकार्य गर्ने

फाल्गुन १६ काठमाडौ । जनपत्रकार संगठन सहित ४ पत्रकार संगठनले महासंघको आसान्न निर्वाचनमा सहकार्य गर्ने भएका छन ।

जनपत्रकार संगठन, नेपाल ,क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल र प्रेस नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहकार्य गरेर जान पाँच बुँदे सहमति गरेका छन् ।

जनपत्रकार संगठन, नेपालको तर्फबाट शेरबहादुर विक,क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट कार्यवाहक अध्यक्ष नारायण पंगेनी, प्रगतिशील पत्रकार संघ, नेपालको तर्फबाट अध्यक्ष उदय जिएम,र प्रेस नेपालको तर्फबाट केशव अर्यालको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा पाँच बुँदे सहमतिको आधारमा पत्रकार महासंघको आसन्न निर्वाचनमा सहकार्य गर्न सहमत भएको जनाइएको छ।
४ संगठनको संयुक्त वक्तव्य :
हामी तपशिलका विषयहरूमा निम्नलिखित सङ्गठनहरू नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा सहकार्य गर्न सहमत भएका छौँ ।
१. श्रमजीवी पत्रकारहरूको हकहितको पक्षमा विगतदेखि आन्दोलनरत रहँदै आएका हामी पत्रकार सङ्गठनहरूबिचको विगतको सहकार्यलाई आसन्न निर्वाचनको क्रममा निरन्तरता दिन प्रतिबद्ध छौँ ।
२. नेपाल पत्रकार महासङ्घको सबै तहका संरचनाहरूमा वैचारिकलगायत विभिन्न जाति, भाषा, क्षेत्र र लैङ्गिक रूपमा साझा र समावेशी हुने गरी सबै क्रियाशील ससङ्घ–सङ्गठनको प्रतिनिधित्वको सुनिश्चितताका लागि सम्बन्धित सबै पक्षसित अपिल गर्दछौँ ।
३. पत्रकारहरूको पेसागत एवम् भौतिक सुरक्षाका लागि सम्बन्धित निकायलाई पहल गर्न र खबरदारी गर्न आह्वान गर्दछौँ ।
४. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टीका लागि सम्बन्धित निकायमा दबाब सृजना गर्दै प्रेस स्वतन्त्रता विरोधी कानुनहरूको खारेजीको माग गर्दछौँ ।
५. नेपाल पत्रकार महासङ्घको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्न सरोकारवाला सबै पक्षसित अपिल गर्दछौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?