ट्रेन्डीङ्ग

जिल्ला स्तरीय प्याब्सन कप फुटसल प्रतियोगिताको उपाधी सुनवललाई

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा मैत्रीपुर्ण जिल्ला स्तरीय प्याब्सन फुटसल प्रतियोगिताको उपाधी सुनवल प्याब्सनले जितेको छ।

 

सुनवल प्याब्सनको आयोजनामा भएको ६”ए” साइड फुटसल प्रतियोगितामा बर्दघाट प्याब्सनलाई ० गोलका विरुद्ध ७  गोल गर्दै सुनवल प्याब्सन बिजय भएको हो।

सुनवल प्याब्सनको आयोजनाका सिद्दार्थ शिशु सदन अंग्रेजी सेकेण्डरी स्कुलमा भएको उक्त खेलमा सुनवल,रामग्राम र बर्दघाट प्याब्सन सहभागी रहेका थिए।सुनवल प्याब्सनका अध्यक्ष कृष्ण शर्माको अध्यक्षता एवं सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम बोल्दै प्रमुख अतिथि अर्यालले नगरको शिक्षा बिकासका लागि सामुदायिक र निजि विधालयलाई समेटेर लैजान समतामूलक नगरको बिकास गर्ने र शिक्षा क्षेत्रमा कुनै पनि कन्जुस्याइँ नगरि अगाडि बढ्ने प्रतिबद्धता जनाइन्।

 

 

त्यसैगरि जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष एवं सुनवल उधोग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले खेलकुद प्रतियोगितामा सबै क्षेत्रलाई समेटेर लैजाने बताए।निजि क्षेत्रलाई सरकार फरक दृष्टिकोणमा हेरेकोमा दु:ख व्यक्त गरे।सिद्दार्थ शिशु सदनका शिक्षक पदम चन्द ठकुरीको स्वागत सगै सुरु भएको कार्यक्रम सुनवल प्याब्सनका सचीव चोलाकान्त रेग्मीले संचालन गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal