ट्रेन्डीङ्ग

जेष्ठ नगरिकलाई सम्मान गर्दै ज्यामिरे आमा समुहले मनायो नारी दिवस

परासी।सुनवल नगरपालिका वडा न -७ ज्यामिरेमा रहेको ज्यामिरे आमा समुहले नारी दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

आमा समुहले बुधबार एक कार्यक्रमकाे आयाेजना गरि वडा भित्रका १० जेष्ठ नागरिकलाई खादा माला सहित सम्मान गरेको समहुकि अध्यक्ष गीता आचार्यले जानकारी दिइन्।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष नारायण प्रसाद आचार्यले स्थानीय तहमा आफू निर्वाचित भैसकेपछि जेष्ठ नागरिकहरुको सम्मान र सुविधा स्वरुप सहज वातावरण मिलाएका बताए ।उनले जेष्ठ नागरिक लाई सम्मान गर्नु आफैमा सराहनीय कार्य रहेको, जेष्ठ नागरिक प्रति सबैले सम्मान गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा कोषाध्यक्ष सीता अर्याल मन्तव्य राख्दै नारीहरु घरको काममा मात्र नभई समाज र देश हाक्न सक्षम हुनु पर्ने बताइन्।

संस्थाकि उपाध्यक्ष खिमा थापाको स्वागत सचीव मिना काफ्लेको संन्चालनमा कार्यक्रम सप्पन्न भएको थीयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal