ट्रेन्डीङ्ग

पाल्हीनन्दनमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दनमा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुर स्थित हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्री ध्रुव वहादुर प्रधानले सर्वाङ्गीण विकासको आधार स्तम्भ खेलकुद क्षेत्र भएको बताउनुभयो। उहाँले परम्परागत शैलीमा चलेको खेलकुद क्षेत्रलाई राजनीतिक,आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउन दरिलो इच्छा शक्तिको खाँचो रहेको धारणा व्यक्त गर्नुभयो।यस्ता खेलकुद प्रतियोगीतामा सबै पालिका प्रमूखहरू सहभागी भई खेलाडीहरु हौसला प्रदान गर्नु पर्ने विभिन्न पालिका प्रमुखहरू उपस्थित नहुनुमा दुःख व्यक्त गरेका थिए। आफू यस क्षेत्रको विकासका लागि कुस्ती र कब्बडी खेलको लागि कबड हालको निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन।


तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी,दौड,हाई जम्प,लङ जम्प लगायतका महिला र पुरुष गरी ३६ इभेन्टमा प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वितमान कामू महरले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमूख भगवति यादव,पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दीपक ),उपाध्यक्ष फतिमा खातुन अन्सारी (सकिना), प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव,सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय,सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा,वार्ड नं २ अध्यक्ष जगदिश गुप्त लगायतको उपस्थिति रहेको थियो ।


प्रतियोगितामा जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तहको सहभागिता रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?