ट्रेन्डीङ्ग

संविधानले मगर समुदायको अघिकार कटौती गर्‍यो:पुर्व सभामुख घर्ती

अनिल नेपाली ,अर्घाखाँची १५ फागुन
प्रतिनिधिसभा सदस्य तथा पुर्व सभामुख ओनसरी घर्ती मगरले बर्तमान सविधानमा मगर जातिको योगदान अनुसार अघिकार उल्लेख नगरिएको बताउनुभएको छ ।

मगर सघ जिल्ला समिति अर्घाखाँची ,नेपाल मगर सघ अर्घाखाँची काठमाण्डौ सम्पर्क समितिद्धारा अघाखाँचीको मालारानी ६ रतनमारे आयोजित ३९ औ मगर दिबसको अबसरमा आयोजित कार्यक्रममा मन्तब्य राख्दै घर्तीले यस्तो बताउनुभएको हो ।

पुर्व सभामुख घर्तीले नेपालको परिबर्तित आन्दोलनमा मगर समुदायको बिशेष योगदान रहेता पनि योगदान अनुसार मगर समुदायको प्रतिनिधित्व हुन नसकेको बताउदै व्यबस्थामा परिबर्तन भए पनि मगर समुदायहरुमा राजनितिक चेतनामा परिबर्तन हुन नसकेको स्मरण गदै राजतिनिक परिबर्तन जरुरी रहेको बताउनुभएको थियो ।

बर्तमान सबिधानले समाबेशी समानुपातिक अघिकारको व्यबस्था गरेता पनि आज पनि प्रतिनिधित्व हुन नसकेले शासक हरुले जहिले पनि अघिकारका नाममा मगर समुदाय माथि उत्पिडन गरेको स्मरण गदै अब मगर समुदाय एक भएर अगाडि बढ्नुको बिकल्प नरहेको जिकिर गदै आफ्नो पार्टीले युदकालमा पनि लुम्विनी प्रदेशलाई मगरात राज्य पहिचानका आधारमा बनाउन खोजेता पनि आफै पार्टीका अन्य पार्टीका नेताले जातीयताको नारा बनाइएकाले धोका भएको बताउदै थप अघिकारकालाई सविधान संसोधन जरुरी रहेको बताउनुभएको थियो ।

एक फरक प्रसगमा कुरा गदै घर्तीले ससदको पुनस्थापनाले जनताको जित भएको समेत बताउनुभएको थियो । कार्यक्रममा नेपाल मगर सघका केन्द्रिस सचिब खडक बहादुर बुढामगर सितगगा नगरपालिका उपप्रमुख टिका रेस्मी मालारानी गाँउपालिका वडा न ६ का अध्यक्ष नारायण अर्याल जनता समाजबादीका केन्द्रिय सदस्य टोप बहादुर बलाल राष्टिय जनमोर्चाका नेता विश्व घर्ती मगर नेपाली कागेसका नेता कृष्ण बहादुर बस्नेत नेकपा नेता दल बहादुर भटराई नेकपा महिला नेतृ छम कुमारी खनाल चिनारी मगर सघ लुम्विनी प्रदेशका सहकोषाध्यक्ष कृष्ण सारु सदस्य टोप बहादुर बलाल लगायतका नेताले कार्यक्रममा मन्तब्य राख्दै मगर समुुदायको अघिकारको रक्षा लागि सबै भएर लाग्नु पर्ने बताउदै सफलताको शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा मगर समुदायका मौलिकता झल्कने नृत्य, गीत प्रस्तुत गरिएको थियो । कार्यक्रम मगर सघ अर्घाखाँचीका अध्यक्ष नेत्र थापा मगरको अध्यक्षता नेपाल मगर सघ अर्घाखाँची काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष भिम बहादुर दर्लामी मगरको सञ्चालन ऋषिराम थापाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा स्थानीय तहको निर्वाचनमा निर्बाचित जनप्रतिनिधि, एसईइ ,उच्च माध्यमिक तह लोक सेबा आयोगमा उत्तीर्ण मगर समुदायका सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?