ट्रेन्डीङ्ग

स्ववियु निर्वाचन र अखिल(क्रान्तिकारी)

परासी।नेपाली राजनीतिको इतिहास पल्टाउने हो भने देशमा भएका प्रायःसबै राजनीतिक परिवर्तनहरुमा विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनको निर्णायक भूमिका रहेको पाइन्छ।

 

 

राणाशासनका विरुद्ध भएको आन्दोलनमा होस् या पञ्चायत विरुद्धको आन्दोलन,चाहे त्यो ६२-६३ को जनआन्दोलनमा नै किन नहोस् विद्यार्थी संगठनहरूको महत्वपूर्ण योगदान रहेको छ।

 

 

 

विद्यार्थी संगठनलाई सरसर्ती हेर्ने हो भने दुई खाले संगठन हरु हामी पाउन सक्छौं, एउटा संसदीय व्यवस्था भित्रका र अर्को संसदीय व्यवस्था बाहिरका।

 

सारमा भन्नुपर्दा एकखाले विद्यार्थी संगठनले यही व्यवस्थालाई आत्मसात गर्दै अगाडि बढिरहको भेटिन्छ भने अर्को विद्यार्थी संगठन जुन शिक्षा प्रणालीको मात्र नभएर समग्र व्यवस्था परिवर्तनको निम्ति लडिरहेको हामी देख्न सकिन्छ।

 

 

 

हाल विद्यार्थी आन्दोलनको बिचबाट जन्म भएको स्ववियुको निर्वाचनको मिति तय गरिएको छ। बि.स.२०२० भदौ २० गते त्रि.बि.मा स्ववियु निर्वाचन पहिलो पटक सम्पन्न भएर हरेक दुई दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने भएता पनि स्ववियुले निरन्तरता पाएको छैन। अहिले क्याम्पस हरुमा स्ववियुको चहलपहल बढेको छ तर विद्यार्थी भने त्यति उत्साहित देखिँदैनन् । यसको मुख्य कारण भनेकै स्ववियु लाई संसदवादी विधार्थी संगठनले स्ववियुको भावना र मर्म विपरीत आफ्नो अनुकुलतामा परिभाषित र प्रयोग गर्नु हो।

 

 

 

विद्यार्थी आन्दोलनको एउटा हिस्सा बोकेको स्ववियु आज क्याम्पसमा शिक्षक राख्दा प्राप्त गर्ने कमिसन,विद्यार्थी भ्रमणको नाममा प्राप्त गर्ने रकम , नियमित विद्यार्थी बाट संकलन गरिने रकम तथा क्याम्पसमा हुने निर्माण एबं खरिदबिक्री मा आँखा गाडेर आफ्नो भाग खोज्ने मध्यस्थकर्ताको रुपमा परिचित हुँदै गएको छ। तसर्थ विद्यार्थीको ध्यान स्ववियुमा केन्द्रित रहेको देखिँदैन।

 

 

 

हरेक विद्यार्थीको भावना समेट्न सक्ने, हरेक विद्यार्थीको समस्यालाई हल दिन सक्ने, भुइमान्छेको आवाज बोल्न सक्ने , क्याम्पसमा भइरहेका विकृति , विसंगतिलाई जरैदेखि निर्मूल पार्न सक्ने, भ्रष्टाचारको अन्त्य गरी सुशासन ल्याउन सक्ने, अन्याय/अत्याचार को विरुद्धमा बोल्न सक्ने तथा समाज रुपान्तरणको लागि दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजबादी व्यवस्था स्थापनाको निमित्त संघर्ष गर्ने सक्ने स्ववियु नै आजको अनिवार्य आवश्यकता हो।

 

 

आगामी चैत्र ०५ मा हुने स्ववियु निर्वाचनमा आजको दिनमा आवश्यक रहेको स्ववियु निर्माण गर्नको निमित्त सम्पूर्ण बामपन्थी,प्रगतिशील,देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरू एक भएर अगाडि उभिन जरुरी छ। स्ववियुको अस्तित्व लाई रक्षा गर्नको निमित्त र स्ववियुलाई स्ववियु जस्तो बनाउनको निमित्त अहिलेको स्ववियु निर्वाचनमा क्रान्तिकारी विद्यार्थी साथीहरूलाई जित्नै पर्ने वाध्यता रहेको छ।
(लेखक:- अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा दिव्यज्योति बहुमुखी क्याम्पसका इन्चार्ज हुन्।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?