ट्रेन्डीङ्ग

राप्रपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

बुटवल।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

 



राप्रपाका केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार प्रदेश सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिइएको संसदीय दलका नेता आशिष कुमार चौधरीले पत्र मार्फत मुख्यमन्त्रीलाई जानकारी गराउनु भएको छ।

 



फागुन १४ गते आइतबारदेखि लागू हुने गरी फिर्ता लिइएको चौधरीले बताउनुभएको छ । प्रदेशमा राप्रपाबाट जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा वातावरण मन्त्री बन्नु भएको थियो । तर मन्त्री यादबले भने सरकारलाई समर्थन फिर्ता नदिएको प्रतिक्रिया दिनुभयो र आफुलाई कुनै जानकारी नभएको बताउनु भयो ।

एमालेको सरकार रहेको प्रदेशमा समर्थन कायम रहने पार्टीको नीति अनुसार समर्थन कायम रहेको बताउनु भयो ।

 

राप्राबाट प्रत्यक्षमा रुपन्देहीबाट आशिष कुमार चौधरी,कपिलवस्तुबाट जानकीप्रसाद यादव तथा समानुपातिकतर्फ बाँकेबाट मिनाकुमारी श्रेष्ठ र गुल्मीबाट मेनुका खांण ठकुरी गरी चारजना सांसद निर्वाचित हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?