ट्रेन्डीङ्ग

विप्लव नेकपा सहिद परिवारका घरमा

लमजुङ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लमजुङले सहिद सप्ताहको अवसरमा जिल्लाका विभिन्न सहिद तथा बेपत्ता परिवारजनलाई भेटघाट एवम् महासचिव विप्लवद्वारा हस्ताक्षरित सम्मानपत्र सहित हस्तान्तरण एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

यसक्रममा आज प्रचण्ड पक्षीय नेकपाका जिल्ला अध्यक्ष मधु अधिकारीको श्रीमान आसलाल गुरुङ जो युद्धकालमा सरकारी फौजको कारबाहीमा मारिएका थिए । युद्धकालमा सरकारी पक्षको आक्रमण परि शहादत भएका आसलाल गुरुङका बुबा खुसिमान गुरुङले विप्लव नेतृत्वको जिल्ला ईन्चार्ज आक्रोश लगायतका नेताहरू संग अनौपचारिक कुराकानीमा विप्लवले क्रान्तिको झण्डा उठाएकोमा खुसी व्यक्त गरेका थिए ।
गुरुङले प्रचण्ड बाबुरामल गद्दारी गरेपछि विप्लवले आन्दोलनको उठान गर्दा धेरै सहिद तथा बेपत्ता परिवारलाई आशा बढेको बताए ।

जिल्ला पार्टीको आयोजनामा वितरित सम्मान पत्र जिल्लाका विभिन्न ठाउँमा युद्धकालमा सहिद भएका परिवारलाई वितरण गरिने कार्यक्रम रहेको जिल्ला ईन्चार्ज आक्रोसले बताए । लमजुङमा विप्लव नेकपाले विभिन्न कार्यक्रम गर्दै आईराखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal