ट्रेन्डीङ्ग

बर्दघाट:घाँसको बीउ वितरणमा ब्यवसायिक कृषकलाई भेदभाव

  • सुचना नदिई भित्रभित्रै बीउ वितरण: कृषक
  • परासी।किसान लक्षित लाखौ बजेट कटौती गरेको बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरणमा समेत कृषकहरुलाई बिभेद गरेको छ।

    चालु आर्थिक बर्षको दोस्रो नगरसभामा कृषक लक्षित १८ योजना कटौती गरेको नगरपालिकाले घाँसको बीउ वितरणमा समेत सुचना प्रकाशन नगरी वितरण गरेको हो।


    सुचना नदिई भित्रभित्रै घाँसको बीउ सहकारी मार्फत बाँडियो,न नगरबाट सुचना भयो न सहकारीबाट नै सुचना भयो रिजन एकीकृत कृषि तथा पशु फर्म बर्दघाट-१३ धनेवाका कृषक राम प्रसाद पौडेलले भन्नुभयो:सुचना नै नदिई अपारदर्शी तरिकाले काम गर्न समेत पाइदो रैछ।घाँसको बीउ वितरण कार्यक्रमको सूचना नै प्रकाशन नगरेर सहकारी मार्फत बीउ वितरण गरिएको उहाँले जानकारी गराउनुभयो।

    नगरक्षेत्रभित्र रहेका पाँचवटा सहकारीमा दुध बिक्री गर्ने किसानलाई मात्र घाँसको बीउमा प्रतिकिलो एक सय रुपैया अनुदान दिएर नीजि क्षेत्रलाई दुध बिक्री गर्ने कृषकहरुलाई बिभेद गरिएको किसानहरुको गुनासो छ।

    चन्द्रोदय बहुउद्धेश्शीय सहकारी संस्था चौपत्ता,बाल्मिकी बहुउदेश्शीय सहकारी संस्था बर्दघाट-७,साना किसान कृषि सहकारी संस्था बर्दघाट-९ मधुवन कृषि बहुउदेश्शीय सहकारी संस्था पंचनगर र बिशाल बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट-१६ मा दुध बिक्री गर्ने कृषकहरुलाई घाँसमा अनुदान दिने र नीजिक्षेत्रलाई दुध बिक्री गर्ने किसानलाई अनुदान नदिने गरिएको कृषकहरुले बताएका छन।

    बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरण कार्यक्रमको सुचना नै प्रकाशन नगरेर सुचनाबाट समेत बञ्चित गरेको बर्दघाट-२ का पशुपालक कृषक डिलबहादुर शाहीले गुनासो गर्नुभयो।

    ब्यवसायिक पशुपालन फर्मबाट राजस्व संकलन गर्ने तर घाँसको बीउमा समेत भेदभाव गर्ने तरिका ठिक नभएको कृषक शाहीको भनाई छ।

    कुरा के हो बुझ्न सकिएन-शाहीले भन्नुभयो-नीजि क्षेत्रमा दुध बिक्री गर्ने कृषकले घाँसको बीउ समेत पाईएन ।हामी कृषक होइनौ ?राजस्व सबै संग लिने तर कार्यक्रममा भने बिभेद गर्ने ?

    सरोकारवालाहरुले सहकारीमा दुध बिक्री गर्नेहरु मात्र कृषक र नीजि डेरीमा दुध बिक्री गर्नेहरु गैरकृषक जस्तो गर्नु राम्रो ब्यवहार नभएको बताउछन् । राज्यले सरकारी, नीजि र सहकारी गरेर तीन खम्बे अर्थ नीति अंगिकार गर्दै आएको छ।तर नीजि क्षेत्रलाई दुध बेच्ने कृषकलाई घाँसकै बीउबाट समेत बञ्चित गर्नु राम्रो होइन-एक कृषकले गुनासो गरे- नगरको भुमिका अभिभावकको जस्तो भएन।कृषकका योजना कटौती गर्ने र घाँसमा दिने अनुदानमा समेत सहकारी र नीजि भनेर भेदभाव गरिएको कृषकहरुको दुखेसो छ।

    चन्द्रोदय बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट-१४ चौपत्ताका अध्यक्ष पुर्ण प्रसाद तिमिल्सिनाले सहकारीमा नगरबाट १० क्विन्टल सुडान घाँसका बिउ दिइएकोमा उति नै बेला सकिएको दावी गर्नुभयो।हामीलाई २०/२५ क्विन्टल घाँसका बिउ आवश्यक थियो १० क्विन्टल आयो उतिखेरै सकियो-उहाँले भन्नुभयो।

    बर्दघाट नगरपालिका पशुपंन्छी तथा मस्त्य विकास अधिकृत भरत लम्सालले नगरपालिकाले दुध उत्पादन गर्ने कृषकलाई गतबर्षको उत्पादन अभिलेखको आधारमा प्रतिलिटर एक रुपैया र घाँसमा अनुदान दिने निर्णय भएकोले सोही निर्णय अनुसार काम गरेको बताउनुभयो।जे निर्णय भएको हो त्यो अनुसार काम भइरहेको छ -उहाँले भन्नुभयो-अहिले त्यो कार्यक्रम नै छैन।

    लम्सालले नगरमा उत्पादन हुने करिब ३२ लाख लिटर दुध उत्पादन भइरहेको शाखाको अनुमान छ।

     

    बार्षिक करिब १६ लाख लिटर संगठित संस्थामा संकलन हुने र बाँकी १६ लाख लिटर दुध निजी क्षेत्रमा खपत हुने गरेको उहाँले जानकारी गराउनुभयो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



    © आजको राशिफल
    © Foreign Exchange Rates
    © Gold Price Nepal