ट्रेन्डीङ्ग

निलम्बित सांसद अरुण चौधरीको आज जिल्ला अदालत कैलालीमा बयान

कैलाली।कैलाली २ बाट चुनाव जितेका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ ।

माघ १९ मा बाँकेबाट पक्राउ परेका चौधरीलाई रिहाको माग गर्दै माघ २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र माघ २७ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो।

माघ २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो । उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?