ट्रेन्डीङ्ग

एलायन्स र हिमाली संस्थाले दिए विधालयलाइ ल्यापटप

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राक स्थित मणिकामदेवी माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।

एलायन्स नेपाल र हिमाली साईनो फाउन्डेसनले संयुक्त रुपमा एक कार्यक्रम गर्दै विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका शिक्षक तथा सूूचना अधिकारी लाल बहादुर गुरुङले जानकारी दिए ।

उक्त संस्थाले विद्यालयलाई १५ स्थान ल्यापटप हस्तान्तरण गरेको उनले बताए । ‘हाम्रो विद्यालयलाई दुई सहयोगी संस्थाहरुले ल्यापटप दिनु भयो । उहाँहरुको सहयोगले हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अनलाइन मार्फत पठनपाठन गर्न सहज हुन्छ’, विद्यालयका प्रधानाध्यापक धन बहादुर गुरुङले बताए ।

चालु आर्थिक बर्षदेखि घार्चे गाउँपालिकाले ‘प्रबिधी मैत्रीसहितको गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारा लागु गरेर शैक्षिक गुणस्तिरियता बढाउने अभियान सुरु गरेको थियो । तर, आवश्यक प्रबिधी भने उपलब्ध गराएको थिएन । संस्थाले उपलब्ध गराएको ल्याप्टपले अनलाईन कक्षा सुुरु गर्न सहज हुने बताए ।

‘कम्प्युटर भएको भए बत्ति जाने बित्तिकै बन्द हुन्थ्यो, बिद्युत पनि बढि खपत हुन्थ्यो । तर, ल्याप्टपले विद्युुत कम खपत हुन्छ, बिजुली नहुँदा पनि प्रयोग गरिराख्न पाईन्छ । यसले गर्दा यहाँका विद्यार्थीहरुलाई प्रबिधीमैत्री ढङ्गबाट ठनपाठन गर्न सहज हुन्छ’, ‘ प्रअ गुरुङले भने ।

विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष राज गुरुङ बिशेष अतिथि एलायन्स नेपालका कार्यक्रम संयोजक सन्जय साइजु र हिमाली साईनोका निर्देशक धनप्रसाद गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?