ट्रेन्डीङ्ग

पाँचौँ अर्चले फुटबल प्रतियोगिताको उपाधी न्यु भिजनलाई

नुवाकोट।१४ वर्षमुनिको पाँचौ अर्चले सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी न्यु भिजन युथ क्लवले हात पारेको छ।

कञ्चना देउराली युवा क्लब नुवाकोटको आयोजनामा भएको आएको प्रतियोगिताको फाइनलमा आयोजक कञ्चनालाई हराउँदै न्यु भिजनले उपाधी जितेको हो । जीतसँगै न्यु भिजनले ट्रफी मेडलसहित ५ हजार नगद र उपविजेतामा सीमित कञ्चनाले मेडल प्रमाणपत्रसहित २५ सय नगद प्राप्त गरेको छ।प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम ठकुरीले पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपाल घेदुङ आधारभूत विद्यालयको सहआयोजनामा भएको प्रतियोगितामा ६ गोलसहित कञ्चनाका सविन मगर सर्वाधिक गोलकर्ता घोषित भए । यस्तै न्यु भिजनका अजय राइ उत्कृष्ट गोलकिपर बने भने शुभ बिहानी युवा क्लवका अरुण तामाङ उदयमान खेलाडी घोषित भए । कञ्चना देउरालीका सन्तोष तामाङ उत्कृष्ट खेलाडी बने।प्रतियोगिताको समापन समारोहमा सहभागी वडा नम्बर ६ की वडाध्यक्ष अम्बिका तामाङ,एन्फा बाग्मती प्रदेश उपाध्यक्ष दीपक चित्रकार,एन्फा पूर्व केन्द्रीय सदस्य पूर्णमान चित्रकार,एन्फा नुवाकोट जिल्ला अध्यक्ष देवनारायण चित्रकार,मानार्थ एन्फा अध्यक्ष जीवन लामा, जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष सन्तोष राइलगायतले बालप्रतिभाको प्रष्फुटन गर्न स्थानीय स्तरमा यसखालका प्रतियोगिता आयोजना हुनु खुसीको कुरा भएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal