ट्रेन्डीङ्ग

दुई लाख बराबरको खसी नियन्त्रण

सरावल।पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवस्थामा दुई लाख मूल्य बराबरको खसी नियन्त्रणमा लिएको छ।


सोमबार राति २ बजेको समयमा जिल्लाको सरावल-६ बण्डाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ पैदल डोर्याउदै गरेको अवस्थामा उक्त मूल्य बराबरका ११ गोटा खसी प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एबम सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए।

 

 


खटिएको संयुक्त गस्ती टोलीलाई देखे पछि उक्त खसी सोही स्थानमा छाडी मानिस फरार भएको र नियन्त्रणमा लिइएको उक्त खसी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको पाण्डेले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?