ट्रेन्डीङ्ग

२ लाख ७२ हजार बराबरको कपडा बरामत

परासी।भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेका २ लाख ७२ हजार नवलपरासी प्रहरीले कपडा बरामत गरेको छ।

राष्ट्रीय अनुसन्धान कार्यलय परासी र प्रहरी चौकी गेर्माको संयुक्त टोलीले आइतबार बिहान साडे ७ बजेको समयमा पाल्हिनन्दन ५ गर्माबाट भन्सार छली भारतबाट नेपालतर्फ बाइक ल्याउदै गरेको अवस्थामा दुई बोरामा २ लाख ७२ हजार २ सय बराबरको थान कपडा ३३६ मिटर,साडी १७ पिस,लेडिज सुट ५९ पिस,लुङगी ४५ पिस,ठुलो मोजा १९५ पिस,सानो मोजा ६० पिस कपडा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एबम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए।

प्रहरिलाई देखेर उक्त मोटरसाइकलमा सवार चालक समान छोडेर मोटरसाइकल सहित फरार भएका छ। उक्त अबैध कपडा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको सुचना अधिकारि पाण्डेले जानकारी दिए।

उक्त अबैध कपडा कस्ले ल्याएको हो भन्ने बिषयमा आबस्यक अनुसन्धान भैईरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal