
परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुरमा राष्ट्रिय भूकम्प सुरक्षा दिवश- २०७९ मनाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. हरपुर नवलपरासीको आयोजनामा पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुर चोकदेखि महेशपुर भन्सार कार्यालय हुँदै सीमा नाकासम्म र्याली सहित महेशपुर बसपार्कमा कोण सभामा परिणत भएको थियो।
पाल्हिनन्दन गाउपालिका वार्ड न. ०२ का वार्ड अध्यक्ष जगदीश प्रसाद गुप्ताको अध्यक्षता तथा वार्ड नं ०१ का वार्ड अध्यक्ष चुलाही प्रशाद यादवको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वार्ड नं-०२ का अध्यक्ष गुप्ताले गत २०७२ साल वैशाख १२ गते आएको भूकम्पमा धेरै मानवीय क्षेती भएकोमा त्यसको क्षेति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले धेरै नै सहयोग गरेको तथा राज्यले यो सहयोगलाई उच्च मूल्यांकन गर्ने बताए।
सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले जनताको साराहा बनेको भन्दै आगामी दिनमा भूकम्पद्धारा हुने क्षति न्यूनीकरण गर्ने पालिका तथा आम जनताले पुर्व तयारी गर्ने पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका कार्यपालिका सदस्य लीलावती हरिजन,छोटेलाल पासवान,वडा सदस्य राम सजीवन गुप्ता,विश्वनाथ यादव,आसमा खातुन,इलाका प्रहरी कार्यालय महेशपुरका इन्स्पेक्टर मेघनाथ चापागाईं,ससस्त्र प्रहरी बल हरपुरका इन्स्पेक्टर सुरेन्द्र बोहरा,महेशपुर भन्सार कार्यालयका प्रतिनिधी,पशु क्वारेन्टाइन प्रमुख,माइती नेपालका प्रमुख,शंकरपुर प्राविका प्रधानाध्यापक राजेश प्रसाद प्रजापति लगायत सुरक्षा निकाय प्रतिनिधि एवं स्थानीयको उपस्थिति रहेको थियो।