ट्रेन्डीङ्ग

गल्याङ जेसिज स्थापना दिवसमा दिप प्रज्वलन

फागुन ७,स्याङ्जा । गल्याङ जेसिजले चौथो स्थापना दिवस एवम् प्रजातन्त्र दिवसको अवसरमा गल्याङ बजारमा दिप प्रज्वलन गरेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको गल्याङ जेसिजले स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गरिमा बैकका अध्यक्ष श्याम प्रसाद बस्यालले जेसिजका युवाहरु उधमी हुनुपर्ने बताउनु भएको छ ।

शहिदहरुको बलिदानबाट देशले प्रजातन्त्र प्राप्त गरेको भए पनि अहिलेको केपी शर्मा ओलिको सरकार प्रजाहरुको मुख बन्द गरेर लोकतन्त्र मास्न लागिपरेका छ्न,जेसिजका युवाहरु लोकतन्त्र रक्षाका लागि सदैव तयार हुनुपर्छ उहाँको भनाइ थियो ।

कार्यक्रममा गल्याङ जेसिजका निवर्तमान अध्यक्ष देवन्द्रदेव खनाल, गल्याङ उधोग वाणिज्य संघका उपाध्यक्ष वाबुराम पाण्डे , महासचिव कृष्ण भट्टराईले ४ वर्षको छोटो अवधिमै गल्याङ जेसिज नेपालकै उत्कृष्ट शाखा भएको भन्दै युवाहरू जेसिजका युवा जस्ता हुनुपर्ने भनाइ राख्नुभएको थियोे ।

गल्याङ जेसिजका अध्यक्ष गोपीकृष्ण रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम सयोजक प्रतिमा भट्टराई र सन्चालन सचीव प्रकाश भुषालले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal