ट्रेन्डीङ्ग

कावासोसीमा बस दुर्घटना हुदा २१ जना घाइते

कावासोती।पुर्व पश्चिम राजमार्गको कावासोती-नारायणघाट सडक खण्डको खरकट्टामा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन।

बुटवल बाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ३७२ नं को यात्रु बाहाक बसको पट्टा भाचिएर अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनु भएको छ।

पाठकका अनुसार घाईतेहरु मध्ये ७ जना मध्यम र अन्य १४ सामान्य घाइते रहेका छ्न दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल पठाईएको तथा बसको चालक प्रहरी नियन्त्रणमा रहेको पाठकले बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal