ट्रेन्डीङ्ग

सरावल वडा ७ का महिलाहरुलाई शसक्तिकरण

परासी। सरावलमा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ।

 

सरावल गाउँपालिका ७ नंं वडा कार्यालयको आर्थिक सहयोग तथा नन्दन मिडिया हाउस परासीको आयोजनामा महिलाहरुलाई शसक्तिकरण सम्बन्धी जनचेतनामुलक तालिम सम्पन्न भएको हो।तालिम संस्थाका प्रतिनिधि आरिफ खानको अध्यक्षता र सरावल गाउँपालिका वडा ७ का वडा अध्यक्ष ह्यात खान धुनियाको प्रमुख आथित्यतामा पुष १६ गतेदेखि संचालनई पुष २० गते बुधबार सम्पन्न भएको हो।

सरावल गाउँपालिका ७ नंं वडा कार्यालयले आफनो वडाक्षेत्र भित्रका महिलाहरुलाई शसक्तिकरण र सचेत तथा जागरुक बनाउन उक्त ४ दिने तालिमको कार्यक्रम तय गरेको हो।तालिममा सहभागि महिलाहरुलाई संस्थाका प्रतिनिधि एबिसि नेपाल सरावल गाउँपालिका संयोजक साईदा निशा पठान,संस्थाका प्रबन्धक हुसैन अंसारीले प्रशिक्षण गरेका थिए।

यस तालिमबाट महिलाहरु थप शसक्त हुने र उनीहरुको जिवन परिवर्तनमा यस तालिमले निकै भुमिका खेल्ने प्रमुख अतिथि वडा अध्यक्ष ह्यात खान धुनियाले बताए । तालिममा विशेष अतिथि गाउँपालिकाको योजना शाखा प्रमुख ईश्वरी प्रसाद खनाल,विशेष अतिथि गाउँपालिका लेखापाल नरेश कोहार, वडा सदस्य बन्धन सहानी,कौशिल्या हरिजन,मोहरी देवी हरिजन,प्रशिक्षक साईदा निशा पठान लगायतले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गरे।तालिमको समापन कार्यक्रम सर्वेश पाण्डेले संचालन गरेका थिए ।कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal