ट्रेन्डीङ्ग

पाल्पामा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गयो

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका-३ कमेरेमा हिजो बेलुका ट्र्याक्टरबाट खसेर सहचालकको ज्यान गएको छ । निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेका भालकुनका २८ वर्षीय सेते सारुलाई त्यही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले सारुको घटनास्थलमा नै ज्यान गएको जानकारी दिएको छ । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?