ट्रेन्डीङ्ग

बर्दघाटबाट साँढे दुई लाख मूल्य बराबरको मल र चिनी बरामद

बर्दघाट। पश्चिम नवलपरासी प्रहरीले गोठमा लुकाई छिपाई राखेको अवस्थामा जिल्लाको बर्दघाटबाट करिब साढे २ लाख मुल्य बराबरको अबैध मल र चिनी बरामद गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुर, ईलाका प्रहरी कार्यालय सेमरी र भन्सार कार्यालय महेशपुरबाट खटिएको संयुक्त टोलीले बर्दघाट १३ धनेवा स्थित पिताम्बर पौडेेेलको खाली गोठमा लुकाई राखेको अबस्थामा सो मूल्य बराबरको अबैध मल र चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एबं सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

सोमबार बिहान २ बजेको समयमा विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले रु.१ लाख बराबरको ३३ बोरा चिनी, रु.३१ हजार मुल्य बराबरको ३८ बोरा डिएपी मल र रु. १ लाख मुल्य बराबरको १ सय २१ बोरा युरिया गरी जम्मा रु.२ लाख ३१ हजार बराबरको सामान नियन्त्रणमा लिएको सूचना अधिकारी पाण्डेले वताउनुभयो।

नियन्त्रणमा लिईएको अबैध मल र चिनी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको र उक्त अबैध सामान कस्को र कस्ले राखेको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक एबं सूचना अधिकारी पाण्डेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?