ट्रेन्डीङ्ग

सरावलमा नमुना युवा गाउँसभा

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ‘सरावल नमुनायुवा गाउँसभा’’सम्पन्न भएको छ।

न्यायिक सरोकार संस्थाका अध्यक्ष मोहम्मद ईजहार शेषको अध्यक्षता तथा सरावलगाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा चार दिनसम्म सञ्चालनभएको नमुना गाउँसभाको प्रशिक्षण तथा अभ्यास कार्यक्रम सोमबार सम्पन्न भएको हो।संसदीय प्रक्रिया अनुसार सञ्चालन भएको नमुनागाउँसभा अभ्यास कार्यक्रममा सात वटै वडाबाट ५८ जना युवाहरुको सहभागिता रहेको थियो ।

उक्त नमुना गाउँसभा सञ्चालन गर्नका लागि वडा तहका नमुना जनप्रतिनिधि र नमुना कर्यापालिका सदस्य सहमतीबाट चयन गरिएकोथियो भने गाउँपालिका नमुना अध्यक्ष र उपाध्यक्ष मतदान प्रक्रियाद्धारा निर्वाचित गरिएकोहो । नमुना अध्यक्षमा तबारक धुनिया र उपाध्यक्षमा सन्ध्या यादव निर्वाचित भएकी हुन् । निर्वाचितनमुना जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ समेत गराईएको थियो । सोमबार नमुना गाउँसभाका सदस्यहरुले आवश्यक प्रक्रिया अवलम्बन गरी नमुना गाउँसभा समेत प्रदर्शन गरेका थिए । सो क्रममा नमुनाअध्यक्षले नमुना नीति तथा कार्यक्रम प्रस्तुत, नमुना उपाध्यक्षले बजेट वकतब्य, विधायन समितिका संयोजक संदिप बि.क.ले बाल अधिकार संरक्षण तथा बाल विवाह नियन्त्रण सम्बन्धी स्थानीय नमुना विधेयक प्रस्तुत गर्नु भएको थियो ।

ति दस्ताबेजहरु संसदीय प्रक्रियाअनुसार सभामा प्रस्तुत, दफावार छलफल, छलफलका क्रममा सभाका सदस्यहरुले उठाएका प्रश्नकोजवाफ दिने , निर्णयार्थ प्रस्तुत र मतविभाजन समेत गरी पारित गरिएको थियो । नमुनागाउँसभा सञ्चालनका लागी सहभागी प्रशिक्षार्थीहरुलाई संघ, प्रदेश र स्थानीय सरकारकोसंरचना र यसको बनौट प्रक्रिया बारे प्रशिक्षित गर्दै स्थानीय तहको निर्वाचन प्रक्रिया रगाउँसभा सञ्चालनको प्रक्रियालाई प्राथमिकता दिई नमुना गाउँसभाको प्रशिक्षण तथाअभ्यास कार्यक्रम गरिएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारीदिनुभयो । युवाहरुलाई सामाजिक तथा राजनीतिक चेतना वृद्धि गर्न आफुले सक्दो सहयोगगर्ने आश्वासन समेत दिनुभयो।

सरावल गाउँपालिकाका उपाध्यक्ष बासमति हरिजनले आफुहरुविगतमा यस्तो कार्यक्रममा सहभागी हुन नपाएकाले अहिलेका युवाहरु यस अर्थमा भाग्यमानीरहेको बताउनु भयो । यसले भविष्यमा वास्तवीक जनप्रतिनिधि भएर आउन युवाहरुलाई प्रेरितगर्न समेत सहयोग गर्ने धारणा राख्नुभयो । नमुना गाउँसभा सञ्चालन भएको पूर्णदृष्यलाई दर्शकको रुपमा हेरेपछि समापन कार्यक्रममा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीयअधिकृत दुर्गा पौडेलले यो नमुना युवा गाउँसभा अभ्यास अत्यन्त उपलब्धीमुलक भएकोधारणा राख्नुभयो । विविध कारणले यस्तो अभ्यास वास्तवीक गाउँसभामा समेत अवलम्बन गर्ननसक्ने अवस्था रहेको समेत वहाँले बताउनुभयो ।

सरावल नमुना युवा गाउँसभाको प्रशिक्षण र अभ्यासको अवधीमा नेपालमा संघीयताको अवधारणा र अभ्यास,संघीय संसद बनौट र यसकोनिर्वाचन, प्रदेशको संरचना र निर्वाचन, स्थानीय तहको निर्वाचन,कार्यपालिका निर्वाचन,गाउँसभा सञ्चालनका कार्यविधि लगायतका बारेमा प्रशिक्षण दिईएको थियो । प्रशिक्षार्थीहरुलाईस्थानीय तहको नमुना संसद सञ्चालन बारे नेपाल सरकारबाट प्रशिक्षक प्रशिक्षण तालिम लिएकार स्नातक तहमा कानुन अध्ययनरत मोहम्मद ईजहार शेष,रञ्जीत शर्मा,सुजन अधिकारी,मनिषखनाल,रविन भुर्तेल र सन्दीप यादवले प्रशिक्षण प्रदान गरेका थिए ।

सरावल गाउँपालिकाले सञ्चालन गरेको नमुना गाउँसभा अभ्यास स्थानीय तहको नमुनासंसद हो । युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले यस प्रकारको नमुना युवा संसदअभ्यास गर्ने गरिन्छ । युवा संसद्को अभ्यास सबैभन्दा पहिले सन् १९६३ मा अष्ट्रेलियामासञ्चालन गरिएको थियो । नेपालमा नमुना युवा संसद्को अभ्यास गैर-सरकारी संथाहरुले सन् २००४ बाट सुरू गरेको पाइन्छ । विभिन्न समयमा बालअधिकार लगाएतका वभिन्न मुद्दालाईउठाएर संघ तथा प्रदेश तहको नमुना युवा संसद्को अभ्यास हुने गरेका छन् ।

सरकारीस्तरबाट नेपालमा राष्ट्रिय युवा परिषदले वि.स.२०७५ सालबाट नमुना युवा संसदअभ्यासको कार्यक्रम सुरुवात गरी प्रत्येक बर्ष यो अभ्यास स्थानिय, प्रदेश र संघिय तिनैतहमा सञ्चान गर्दै आएको छ भने यसका प्रभावकारितालाई महत्व दिदै स्थानीय तहले पनिआफै यो प्रशिक्षण तथा अभ्यास कार्यक्रम गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal