
काठमाण्डाै ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन एमालेले छलफल थालेको छ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि निर्णय हुन बाँकी छ।
माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ, तर मन्त्रालयको टुङ्गो लागेको छैन।
मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गठबन्धनको बैठक पनि आजै बस्दैछ । हिजो प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज बेलुकी ४ बजे शपथ लिने कार्यक्रम पनि छ।आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।