
नवलपरासी । सर्वाङ्गीण कृषि सहकारी संस्था लि. सुनवल १ नवलपरासीको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं सुनवल नगरपालिका वडा नं. १ का वडाअध्यक्ष मान बहादुर थापाले सहकारीले कृर्षिको प्रर्वद्धन गर्दै कृषकलाई सहुलियत रुपमा बीउ मल उपलब्ध गराएको भन्दै आगामी दिनमा अझै सेवा विस्तार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष खगराज उपाध्यायले स्वरोजगार हुँदै ग्रामीण क्षेत्रमा व्यवसायिक कृर्षि गर्न प्रोत्साहन गर्ने लगाएतका काम गर्देै सस्ंथा अगाडी बढेको उल्लेख गर्नुभयो ।
सहकारीले आर्थिक बर्ष २०७८/७९ मा २ करोड ८३ लाख ६९ हजार कुल आम्दानी र २ करोड ४४ लाख ८ हजार ४ सय ४१ ख्र्च गरी ३९ लाख ६० हजार शुद्ध नाफा गर्न सफल भएको सस्ंथाका कोषाध्यक्ष हरि चापागाईंले बताउनुभयो ।
साधारण सभामा एसईईमा राम्रो नबर ल्याई उतिणर् भएका विधार्थीलाई सम्मान गरिएको थियो । सस्थामा हाल २ हजार २८१ जना शेयर सदस्यहरु रहेका छन् । उपाध्यक्ष रुद्रनाथ लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण कार्यसमिति सचिव कृष्ण प्रसाद अर्यालले गर्नुभएको थियो ।